Logo

मुकुललाई पार्टीबाट लखेटेरै छाड्नेमा रवि लामिछाने दृढ, आज २४ घण्टे स्पष्टीकरण सोधियो



काठमाडौं, ५ भदौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री मुकुल ढकाललाई फेरि स्पष्टीप्करण सोधेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीबाट किन निश्काषन नगर्ने ? भनेर स्पष्टीकरण सोधेको हो । ढकालले पार्टी सभापति लामिछानेविरुद्ध जेहाद छेडेका थिए ।

ढकाललाई कारबाही गर्ने सवालमा पार्टीका केन्द्रीय समितिका सबै सदस्य लगभग एकमत रहँदै आएका छन् । ढकाल र रास्वपा नेतृत्वबीच नै सामाजिक सञ्जालमार्फत वाकयुद्ध चलिरहेको छ । रास्वपाले ढकाललाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोधेको बेलामा ढकालले पार्टी सभापति लामिछानेलाई सम्बोधन गरेर लेखेको पत्रमा नै रविमाथि किन कारबाही नगर्ने ? भनेर नैतिक प्रश्न खडा गरेका थिए । आजको बैठकले भने ढकाललाई २४घण्टे स्पष्टीकरण सोधेको हो । file photo



प्रतिक्रिया दिनुहोस्