Logo

अभिनेता विपीन कार्कीलाई मातृशोक



काठमाडौं, भदौ ६ । अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्