Logo

प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री



काठमाडौं, भदौ ६ । उपप्रधान एवम् गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेकाले चाँडै प्रहरी समायोजन हुने बताएका छन् ।

आज बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताउँदै मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको जानकारी दिए।

अर्थ मन्त्रालयले सहमति दिएपछि सो मस्यौदा मन्त्रिपरिषदमा लैजाने र मन्त्रिपरिषदबाट पास भएपछि त्यसलाई संसदमा लग्ने उनको भनाई छ । मधेस प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा अब ढुक्क रहन समेत उनले आग्रह गरे ।

गृहमन्त्री लेखक वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको र सोही अनुसार सरकारको कामकारवाही भइरहेको बताए । उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेकाले गणतन्त्रविरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषय गलत रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्