Logo

चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला



काठमाडौं, भदौ ६ । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १२ बलम्बु स्कुल नजिकैको घर अगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको पोलिस स्टेसन थानकोटले जनाएको छ । शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्