Logo

राधिकाको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना : सेवा भाव सधैं रहन सकोस



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्यलाई जन्मदिनको शुभकामना दिँदै सेवा भाव सधैं कायम राख्न सुझाएका छन् । राधिकाको जन्मदिनको अवसरमा ओलीले आफ्नो फेशबुक पेजमार्फत शुभकामना दिने क्रममा यस्तो सुझाव दिएका हुन् ।

उनले जीवनको कठिन र सजिला दुवैखाले दिनमा पनि राधिकाको सेवा भावको स्वभावि कहिल्यै पनि परिवर्तन नभएको भन्दै आगामी दिनमा त्यो कायमै राख्न सुझाव दिएका हुन् ।

ओलीले फेशबुकमा लेखेका छन्–

आज राधिकाको जन्मदिन । जीवनमा कहिले कठिन उकाली आए, कहिले सजिला दिन आए। ती सबै दिनमा राधिकाको एउटा स्वभाव कहिलै परिवर्तन भएन ( त्यो हो सेवा भाव । यो सधैं रहन सकोस्, जन्मदिनको धेरैधेरै शुभकामना राधिका !!



प्रतिक्रिया दिनुहोस्