Logo

भ्रष्टाचारको पाँच वर्षे हदम्याद राप्रपाले मान्दैन भन्दै संसद्मै गर्जिए दीपक सिंह



काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्ने कुरा सदनभित्र चर्चा हुनुपनि गलतमात्रै नभएर अपराध भएको बताएका छन् । उनले भ्रष्टाचारको मुद्दामा आफ्नो दललाई पाँच वर्षे हदम्याद स्विकार्य नभएको चेतावनी दिए । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो आपत्ति जनाएका हुन् ।

उनले भने,‘प्रधानमन्त्रीले भ्रष्टाचार हुन दिन्न भन्नुहुन्थ्यो तर अहिले पाँच वर्षे हदम्याद तोकेका छन्, यो कानून आउँछ भने राप्रपाले मान्दैन । यस्तै हो भने ललिता निवास, बालमन्दिर, गंगालाल अस्पतालका जग्गा र गिरीबन्धु टिस्टेटका अर्बौँ रुपैयाँ ब्रम्हलुट गरेको छ त्यसलाई पास गर्नको लागि नियतले ल्याउने गइरहेको छ । यही दिन देख्नको लागि राजा फ्याँकेको हो ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्