Logo

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु



काबुल, ६ भदौ । अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राति जनाएको छ ।

पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताए ।

उनका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन्भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ ।

प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएका छन् । यो बर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनाहरूमा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्