Logo

यस्ताे छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, भदौ ८ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ८३ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ७६ पैसा र बिक्री दर १७६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्