Logo

विद्युत बक्यौता उठाउनेबारे प्रधानमन्त्री ओली भन्छन् : ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनुपर्छ



काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको बाँकी बक्यौता उठाउने सवालमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ६ अर्बमात्रै नभएर २२ अर्ब नै उठाईनुपर्ने धारणा राखेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा राख्ने क्रममा उनले सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुल उठाउन नखोजेको भन्ने प्रश्न बारम्बार आएकोप्रति इंकित गर्दै ६ अर्बमात्रै नभएर २२ अर्ब नै उठाउने घोषणा गरेका हुन् ।

उनले यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाईएन भनेर प्रश्न गरेका छन् । उनले किन १६ अर्ब छुट दिईयो भन्ने नै आफूहरुको प्रश्न रहेको बताएका छन् । ओलीले फेशबुकमा लेखेका छन्-

केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।



प्रतिक्रिया दिनुहोस्