Logo

यो सरकारले घुस खाँदैन्, भ्रष्टाचार गर्दैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले घुस नखाने दाबी गरेका छन् । उनले देश र जनताको पक्षमा काम गर्नको लागि सरकार बनेको भन्दै भ्रष्टाचार नगर्ने दाबी गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्‍घाटन समारोहलाई आज (सोमबार) सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘यो सरकारले भात र रोटी खान्छ, घुस पैसा खाँदैन। भ्रष्टाचार गर्दैन् ।’

उनले सरकारले प्रहरी प्रशासनलाई स्वतन्त्र रुपमा काम गर्न दिएको पनि दाबी गरे । उनले शक्तिको दुरुपयोग गरेर निर्दोष मान्छेलाई फसाउन नभनिएको भन्दै अघिल्लो सरकारका गृहमन्त्री रवि लामिछानेप्रति लक्षित टिप्प्णी गरे । उनले भने,‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस् ।’ तस्विर स्रोत : नेपाल प्रहरीको फेशबुक पेज



प्रतिक्रिया दिनुहोस्