Logo

रामकुमारी झाँक्रीको लोकप्रियता ओरालोतर्फ, संसदीय निर्वाचनपछि पार्टीमा पनि पराजित



काठमाडौं, १२ भदौ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री युवा पुस्ताको आदर्श मानिँदै आएकी छिन् । विद्यार्थी आन्दोलनबाट उदाएकी झाँक्री समसामयिक राजनीतिक घट्नाक्रमबारे प्रायः आफ्ना धारणा सार्वजनिक नेताहरुमध्येमा पर्छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् ।

विभिन्न मिडियाले उनलाई बेला बेलामा अतिथिको रूपमा निम्त्याउने गरेका छन् । ०७९ को निर्वाचनमा गुल्मीबाट प्रतिष्पर्धामा उत्रिएकी झाँक्री एमाले नेता गोकर्ण विष्टसँग पराजित भएकी थिईन् । झाँक्रीलाई कांग्रेस, माओवादीको दरिलो साथ थियो । सम्मानजनक मत ल्याएकी उनी विष्टसँग पराजित हुँदापनि विष्टलाई बधाई दिएर राजनीतिमा उच्च संस्कार देखाएकी थिईन् । एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउन निर्णायक भूमिका खेलेकी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनाएका थिए ।

झाँक्रीलाई संसदीय राजनीतिमात्रै नभएर पार्टीको आन्तरिक प्रतिष्पर्धापनि अनुकुल देखिएन । उनी हिजो भएको निर्वाचनमा महिला उपाध्यक्षमा नराम्रोसँग पराजित भईन् । उनी जयन्तीदेवी राईसँगको प्रतिष्पर्धामा थिईन्, जसमा राईले बाजी मारिन् । युवा पुस्ताको आईकन भनेर चिनिएकी झाँक्रीलाई पार्टीका विद्यार्थी नेताहरुले समेत नपत्याएको चर्चा सुरु भएको छ ।

उपाध्यक्षमा निर्वाचित राईले १९९ मत ल्याउँदा पराजित झाँक्रीले जम्मा ११२ मतमात्रै ल्याईन् । पार्टीको महिला उपाध्यक्षमा पराजित झाँक्रीको बिस्तारै राजनीतिमा लोकप्रियता खस्किएको भनेर चर्चा सुरु भएको छ । केही समयअघि उनी एमाले फर्किनेबारे पनि समाचार आएका थिए । पछिल्लो समय उनले एमाले नेतृत्वसँग सम्पर्क तथा समन्वय बढाएको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्