Logo

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै उठ्यो प्रश्न, सांसद सुमनाले गरिन् खारेजीको माग



काठमाडौँ, ११ भदौ । प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर प्रश्न उठेको छ । हिजो (मंगलबार) उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामाको बैठकमा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थियो । प्रतिनिधि सभाबाट हिजो सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गरिन् ।

‘विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डक्यूमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धि विधेयक अमुक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो,’– उनले भनिन् ।

सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाउँछ । सो ल फर्म पूर्व सभामुख एवं नेकपा (एमाले) नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।



प्रतिक्रिया दिनुहोस्