काठमाडौं, १२ भदौ । नेपाल वायुसेवा निगमले निगमको A330 जहाज 9N-ALY को मर्मत (सी-चेक) सम्बन्धमा विभिन्न मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ। निगमले उक्त जहाजको नियमित मर्मत सी चेकको कार्य नियमानुसार सम्झौता गरिएको मर्मत कम्पनी M/s Atitech S.P.A. , Italy मा भैरहेको जनाएको छ ।
सो सी-चेकमा अन्य सी-चेकभन्दा जहाजको विस्तृत जाँच गरिने र सो क्रममा केही Major Findings जस्तै MLG को Bush Rotation, NTF Replacement, Fuel tank Inspection, Corrosion Repair on LAV 61/62, Cargo Compartment Roller Replacement आदि गर्नुपर्ने देखिएकोले केही मर्मत कार्यहरुको लागि जहाजको निर्माता कम्पनी एयरबससँग पत्राचार गरी मर्मत कार्य भैरहेको जनाएको छ।
निगमले अहिले मर्मत कार्य सम्पन्न गराएर उक्त जहाज छिटो फिर्ता ल्याउन समन्वय भैरहेको पनि दाबी गरेको छ।
निगमले हाल सी चेक भइरहेको जहाजको लागि आवश्यक पार्टपुर्जाहरु निगमको समन्वयमा इटालीको भन्सारबाट छुटाई मर्मत कम्पनी एमआरओ ले प्राप्त गरिरहेको जनाएको छ ।
यस्तो छ निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्ती