Logo

माओवादीलाई देखाइदिने नाममा सरकारले जनतामाथि घात गर्न खोज्योभने सडकबाट प्रतिवाद गर्छौंः प्रचण्ड



काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन सुझाव दिएका छन् । आज (बिहीबार) प्रदेश परामर्श बैठकपछि धनगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले सरकारले दुई तिहाइको दम्भ देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाइसकेको बताए ।

‘दुई तिहाइको घमण्ड नगर्नोस्, तपाँईंहरू सुध्रिनुहोस् । राम्रो कामको समर्थन नै हुने छ । तर, लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन,’– उनले भने ।

सरकारले गलत गर्दैगए प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले नछाड्ने उनको चेतावनी छ । पूर्व प्रधानमन्त्री प्रचण्डले सरकारले नियम, कानुन मिचेर तलमाथि गरेको खण्डमा आफूहरु सडकमा आउने पनि उनले चेतावनी दिए । अध्यक्ष प्रचण्डले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुनसक्ने आशंका पैदा भएको पनि बताए ।

परिवर्तनका एजेण्डा जति माओवादीको रहेको दाबी गर्दै उनले सरकारले माओवादीलाई देखाइदिने नाममा जनतामाथि घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्