Logo

ओखलढुंगा पुगेर शेरधन राईको दाबी : सबै मिलेपनि एमालेलाई हराउन सक्दैनन्



काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरधन राईले सबै दल मिलेपनि एमालेलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् । जनपक्षीय काम गरेकोले एमाले जनताको पार्टी भएको भन्दै आगामी निर्वाचनमा एकल बहुमत आउने पनि उनको दाबी छ ।

हिजो (बिहीबार) प्रेस चौतारी नेपाल ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमाउनले यस्तो दाबी गरेका हुन् । उनले अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि मुलुक सही दिशातर्फ अघि बढेको र आर्थिक अवस्थामा पनि सुधार देखिएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्