Logo

आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिए



काठमाडौं, १४ भदौ । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले आफूभन्दा कनिष्ठलाई मुख्यसचिव बनाईएपछि पदबाट राजीनामा दिएका छन् । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले वरियताको चौथो नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो ।

सो निर्णय बाहिरिएलगत्तै सचिव ज्ञवालीले राजीनामा दिएका थिए । उनको राजीनामा पनि स्विकृत भैसकेको छ । ज्ञवाली वरिष्ठतामा एक नम्बरमा थिए । तर, वरिष्ठतामा चौथो नम्बरमा रहेका अर्यालले मुख्यसचिवमा बाजी मारे ।



प्रतिक्रिया दिनुहोस्