Logo

प्रहरीको ३० वर्षे सेवा अवधिविरुद्धमा जारी अन्तरिम आदेश खारेज



काठमाडौं, १४ भदौ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण तत्काल अवकाश नदिन भन्दै जारी भएको अन्तरिम आदेश खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलासले उक्त अन्तरिम आदेश खारेज गरेको हो ।

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विष्णुकुमार केसीसहित ८९ जनाले ३० वर्षे सेवा अवधिका कारण उमेर हद बाँकी रहँदै अवकाश जानुपर्ने अवस्था आएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्र्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशको विरुद्धमा सरकार पक्षले भ्याकेटमा गएको हो ।

उक्त अन्तरिम आदेशको खारेजीसँगै डीआईजी केसीसहित ८९ जनाको जागिर अवधि सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्