Logo

कांग्रेस र एमालेले बलमिच्याईं गरेर सरकारबाट हटाए : प्रचण्ड



काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राम्रो र जनपक्षीय काम गरेपछि कांग्रेस र एमाले मिलेर सरकारबाट हटाएको दाबी गरेका छन् । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार विचौलियाहरुले बनाएको दाबी गर्दै आएका प्रचण्डले सरकार यही गतिमा गए सडकबाट प्रतिवाद गरिने चेतावनी दिए ।

बाँकेमा आज (आइतबार) आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भ्रष्टाचारको विरुद्धमा युद्ध छेडेकोले विचौलियाहरु आँत्तिएको पनि बताए । यस्तै, उनले अहिले पार्टी एक ढिक्का भएको स्पष्ट पारे । आफू जनतासँग पार्टीलाई जोड्नको लागि देशव्यापी अभियानमा सक्रिय भएको बताए ।

सो क्रममा उनले पार्टी फुट्ने हल्लापनि निराधार भएको दाबी गरे । उनले भने,‘हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो’, उनले भने, ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो।’



प्रतिक्रिया दिनुहोस्