Logo

सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीमा मुद्दा सर्वोच्चमा पुनरावेदन जाने तयारी



काठमाडौं, १७ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले हिजो (आइतबार) रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ ।

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनबाट लामिछानेले सफाइ पाएसँगै उक्त घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन् । गौशाला–२६ ले अरुको दवाब र उक्साहटमा लागेर लामिछानेविरुद्ध जाहेरी दिएकोसमेत निवेदनपत्रमा खुलाएकी थिईन् ।

लामिछानेविरुद्ध पुनरावेदन नजान भन्दै पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई समेत साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी रहेको बताइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्