Logo

कांग्रेस-माओवादीको सरकार नटिक्नु नै बिडम्बना होः चन्द्र भण्डारी (भिडिओसहित)



काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले गठबन्धन गरेर निर्वाचनमा गएका कांग्रेस–माओवादीसहितको सरकार नटिक्नु नै देशका लागि बिडम्बना रहेको टिप्पणी गरेका छन् । कांग्रेस, माओवादी, समाजवादीसहितका दलहरुले साझा मत मागेर निर्वाचन लडेको स्मरण गराउँदै उनले त्यो गठबन्धन नटिक्नु् नै जनतालाई धोका भएको बताएका हुन् ।

आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘प्रचण्डजी, माधव नेपालजी हामी सबै मिलेर चुनावमा गयौं, जनतामाझ गयौं । माओवादी, कांग्रेस, समाजवादी हामी एउटै हौं, हामी यो देशबाट भ्रष्टाचारको अन्त्य गर्छौं, बहुमत हामीलाई दिनुस्, हामी सरकार बनाउँछौं भनेर गयौं । जनतासँग प्रतिवद्धता गरिएको त्यो सरकार टिक्न नसक्नु सबैभन्दा ठूलो बिडम्बना हो । जनतासँगको प्रतिबद्धता टिक्न नसकेपछि हामीले जनतालाई ढाँटेको भयो । हामी फेरि चुनावमा जानुपर्थ्यो । तर, नेपालको पैसाले हामीलाई पुग्दैन थियो ।’

अहिले कांग्रेस–एमालेको सरकार रहेको स्मरण गराउँदै उनले अब यसलाई नै राम्रो बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । नेता भण्डारीले सबैले मुलुक फस्टको नीति अवलम्बन गर्नुपर्ने बताए । अब कोही पनि सरकार ढाल्ने र बनाउनेतिर नलागी जनताको पक्षमा काम गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्