Logo

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले संसदीय समितिमा पेश गरे कार्ययोजना



काठमाडौं, १७ भदौ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गरेका छन् । आज (सोमबार) समितिको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् । पण्डितले आफू अनुमोदित भएर राजदूत भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सूचना प्रविधि र बौद्धिक कृतिमताको क्षेत्रमा इजरायली विशेषज्ञहरुबाट नेपालले धेरै राम्रो लाभ लिनसक्ने दाबी गर्दै उनले त्यसतर्फ युवाहरुलाई विशिष्ट तालिम तथा प्रशिक्षणको अवसर सिर्जना गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै, वैदेशिक रोजगारीका लागि मनपर्दो गन्तव्य इजरायल रहेको उल्लेख गर्दै उनले यसतर्फ पनि सुधारको काम गर्ने बताएका छन् ।

त्यस्तै, प्रस्तावित राजदूत ..ले नेपालीहरुलाई कृषि क्षेत्रको अध्ययन, भ्रमण गर्ने थप अवसर विकासको लागि पहल गर्ने उल्लेख गरेका छन् । जनशक्ति विकास, लगानी, पर्यटन र सहयोगको क्षेत्रमा पनि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । Photo By Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्