Logo

ज्ञानेन्द्र र हसिना सम्झाउँदै प्रधानमन्त्री ओलीबारे दीपशिखाको टिप्पणी :..परीणाम अनपेक्षित हुन्छ



काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भुईंमान्छेहरुको मनोबिज्ञानको सुचक बुझ्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उनले भुईंमान्छेरुको मनोविज्ञानको सुचक सुई नबुझ्दा ज्ञानेन्द्र शाहले राजगद्दीबाट गलहित्तनुपरेको र बंगलादेशमा हसिनाको सत्ता ढलेको र देशबौ खेदिनुपरेको पनि स्मरण गराएका छन् । प्रधानमन्त्री ओलीको फेशबुक पेजमा चलेको अनफलो अभियानलाई ओलीका साईबर स्यालले रोक्न नसकेको पनि उनको टिप्पणी छ ।

उनले फेशबुकमा लेखेका छन्-

भुईमान्छेहरूको मनोबिज्ञानको सुचक सुई नबुझ्दा ज्ञानेन्द्रले राजगद्दीबाट गलहत्तिनुपर्यो । हसिनाको सत्ता ढल्ला र देशबाटै खेदिनुपर्छ भनेर सायद उनै र धेरैले सोचेका थिएनन् ! प्रधानमन्त्रि ओलिको अनफ्लो अभियानलाई उनका साईबर स्यालले रोक्न सकेनन् । जुनकुनै खाले सत्ताका नेतृत्वले सनैसनै बनिरहेको मनोबिज्ञानलाई बुझ्न सकेनन् भने परिणाम अनपेक्षित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्