Logo

अष्ट्रेलियाको लागि राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश



काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको हिजो (आइतबार) बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिश गरिएको बालुवाटारनिकट उच्च स्रोतले जनाएको छ ।

पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेी नेतृ हुन् । ०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिश भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आँफै नाम फिर्ता लिएको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिश गर्ने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्