Logo

देउवाको गृह जिल्लामा काँग्रेस प्रवक्ता महत, भने–’स्थिर सरकारका लागी दुई ठुला दल मिल्नुको विकल्प थिएन’



डडेल्धुरा, भदौ २४। नेपाली काँग्रेस प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले स्थिर सरकारका लागी दुई ठुला दल मिल्नुको विकल्प नरहेको बताएका छन् ।

प्रेस युनियन डडेलधुराले जिल्ला सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.महतले सरकार फेर्नु र बन्नुले गर्दा मुलुक अस्थिरतामा गयो त्यसैले त्यसलाई रोक्न दुई ठुला दल मिल्नुको विकल्प नरहेको दाबी गरे ।

दुई ठुला दल काङ्ग्रेस र एमालेबिच सात बुँदे समझदारी भएर जनताको हितमा कार्य गर्न नयाँ सरकार गठन गरिएको डा. महतले स्पष्ट पारे।

डडेल्धुराका बिकास निर्माणका अवस्था र यहाँका जनताले भोग्नु परिरहेको समस्याका विषयमा आफु जानकार रहेको बताउँदै डा.महतले डडेल्धुरामा मेडिकल कलेज,सडक फराकिलो र एयरपोर्ट निर्माणका लागी आवश्यक बजेट बिनियोजन गराउन आफूहरूले लाग्ने बताए। पत्रकारहरूले राखेका जिज्ञासामा आक्रोशित हुँदै डा.महतले बिकास भने जसरी कहाँ हुन्छ र? भन्न सजिलो छ गर्न कत्ति गाहे छ बुझ्नु आग्रह गरे। सुशासन,पारदर्शिता र जबाफदेहिता सरकारको बटमलाई हो डा. महतले भने, ‘शङ्का गर्ने छुट सबैलाई छ तर सँग(सँगै विश्वास पनि त गर्नुहोस् न? जेभएनी सरकार जनताका समस्यामा मलमपट्टी लगाएर अघि बढ्छ र बढ्नेछ । ‘

नेताहरू जे बोल्छन् त्यो गर्दैनन् जे गर्दैनन् त्यो बोल्छन् भन्ने आरोप आम नागरिकको छ नी भन्ने पत्रकारहरूको जिज्ञासामा उनले जनताका आकाङ्क्षा बढी छन् तर राज्यको श्रोत साधन कम छ त्यसैले जनताले बुझ्नु जरुरी रहेको बताए ।

मुलुकको श्रोत साधनले पश्चिम सेती परियोजना बन्दैन अहिले भारतीय कम्पनीहरूले हात हालिरहेको छ हाम्रो जोड निर्माण गर्ने तर्फ नै छ उनले भने— भ्रष्टाचारका फायलहरू सबै खुल्छन् जो दोषी हुन्छ सजाय भोग्छ जो निर्दोष हुन्छ मुक्ती पाउँछ यो कानुनी राज्य हो कानुन सम्मत रुपमा फैसला हुन्छ ।

बिपी प्रतिष्ठान डडेलधुराले आयोजना सोमबार आयोजना गरेको मुलुकको समृद्धिमा युवाहरूको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा सहभागी हुन डडेल्धुरा पुगेका नेता महतले यो सरकार ८४ सम्म जाने ठोकुवा समेत गरे ।



प्रतिक्रिया दिनुहोस्