Logo

सर्लाहीको धनकौलमा अहिलेपनि राजतन्त्र छ, आफ्नै कार्यकर्तामाथि गोली चल्दा एमालेले मुद्दा चलाएन : डा. अमरेशकुमार सिंह



काठमाडौं, २४ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको धनकौलमा अहिलेपनि राजतन्त्र रहेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । तर, सर्लाहीको धनकौल गाउँपालिकाको वडा नम्बर २ मा अहिलेपनि राजतन्त्र छ । यही भदौ १८ गतेको घट्ना हो, म एकजना शुभचिन्तकको घरमा खाना खान जाँदा नेपाली कांग्रेसको सभापतिको छोरा, भाई, गाउँपालिकाको अध्यक्षको छोरा र भाईले मलाई लक्षित गरेर ढुंगामुढा गरेको छ, त्यसको भिडिओ मसँग सुरक्षित छ । जहाँ विचारको अन्त्य हुन्छ, त्यहाँ ढुंगा चल्छ । म प्रश्न गर्न चाहन्छु कि के साँच्चै विपी कोइरालाको विचारको अन्त्य भएको छ ? कांग्रेसको लागि विपीको विचार अब सान्दर्भिक छैन् ? विचारको अन्त्य भएको ठाउँमा ढुंगा चालु हुन्छ, यो किन चालु हुन्छ भने उसको गिट्टी क्रसर छ, त्यो क्रसको जम्मा १० मिटरको दूरीमा प्राथमिक विद्यालय छ । ५० मिटरको दूरीमा वस्ती छ । केही दिन पहिले एमालेको कार्यकर्तामाथि गोली चल्यो, तर एमालेले मुद्दा चलाउन सकेन । किनकी पैसाको सामू एमालेले घुँडा टेक्यो । एमालेका पनि कार्यकर्ताहरुले पैसा खाएर आग्रह गरेर यसपालि छोडिदिउँ भनेर मुद्दा चलेन ।’

सिंहले सर्लाहीको बरहथवा नगरपालिकाको मेयरमाथि ढुंगामुडा भएको र एकजनाको निधन हुँदासमेत कुनै कारबाही नभएको घट्नापनि स्मरण गराए । उनले भने,‘म सोध्न चान्छु–लोकतन्त्रमा कसैको अधिकार पनि हनन गर्न पार्ईदैन्, एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न पाउने अधिकार कांग्रेसले रोक्न खोजेको हो ? त्यो मान्छेपनि कस्तो छ भने सर्वोच्च अदालतबाट भ्रष्टाचारको मुद्दामा सजाय पाएको मान्छे छ । तर, कांग्रेसको त त्यो नवरत्नमध्ये एउटा हुन्छ, हिजै कांग्रेसको एक जना प्रदेशसभा सदस्यले प्रहरीसामु आत्मसमर्पण गरेको छ । अब कांग्रेस त्यस्तै बाटोमा जान्छ ?’



प्रतिक्रिया दिनुहोस्