Logo

आईफोन १६ प्रो र प्रो म्याक्स सार्वजनिक, कति छ मूल्य?



काठमाडौं, भदौ २५ । एप्पलले नयाँ प्रो मोडल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो।​

प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ। आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ।

यसमा अहिलेसम्मकै राम्रो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ। यसमा फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ। त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ।

आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्