Logo

अमरेशको दाबी : यो देशमा मदन भण्डारी राजमार्गको आवश्यकत्ता नै थिएन



काठमाडौं, २५ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाल विश्वकै यूनिक देश भएको भन्दै व्यंग्य कसेका छन् । उनले सडक नै नभएको ठाउँमा पूल बनाईएको भन्दै उनले देश विश्वमै यूनिक भएको टिप्पणी गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले यस्तो कुरा उठाएका हुन् । उनले भने,‘जहाँ सडक छ, त्यहाँ पूल छैन् ।

जहाँ पूल छ त्यहाँ सडक नै छैन् । मैले यो किन भन्न खोजेको हो भने यहाँ पूर्व भौतिक पूर्वाधारमन्त्रीपनि मुसुमुसु हाँस्द्यै हुनुहुन्छ (रघुवीर महासेठतर्फ देखाउँदै), यो एउटा पूल बनाउन कति समय लाग्छ ? २०६६ सालमा माधव नेपाल नामको एकजना प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले हामीलाई हेलिकप्टरमा लैजानुभयो, बेकारमा आर्मीको हेलिकप्टरको पैसापनि खर्च भयो, हुलाकी राजमार्गमा रौतहट र सर्लाही जोड्ने एउटा पूल छ, रोड बनिसकेको छ तर १५ वर्षमा पनि पूल बनेको छैन् । देशमा १५ वटा प्रधानमन्त्री चेन्ज भैसकेका छन् ।’

उनले पूल नहुँदा सिराहा र धनुषाका जनतालाई पनि सास्ती भएको कुरा उठाए । उनले दुई जिल्ला जोड्ने कमला पूल नबनाउँदा जनतालाई सास्ती भएको सुनाए । उनले हुलाकी राजमार्गको आसपासमा बस्ने मान्छेले के गल्ती गरेको कारण उनीहरुलाई सजाय दिईएको भन्दै राजमार्ग पूर्ण रुपमा निर्माण नभएकोमा आक्रोश पोखे । सांसद सिंहले यो देशमा मध्यपहाडी र मदन भण्डारी राजमार्गको आवश्यकत्ता नै नभएको ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्