Logo

राज्य व्यवस्थासहित तीन वटा समितिको बैठक बस्दै, यी विषयमा छलफल हुँदै



काठमाडौं, भदौ २७ । संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुँदैछ।

आज दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्