Logo

देउवा र दाहाल बालुवाटारमा



काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । मधेश प्रदेशको पार्टीको कार्यक्रमलगत्तै उनी काठमाडौं आएका थिए ।

काठमाडौं आउनेबित्तिकै उनले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । अहिले प्रधानमन्त्री ओलीसँग निर्णायक छलफलको लागि बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ । यस्तै, दाहाल बालुवाटार छिरेलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापनि बालुवाटार पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्