Logo

दुर्घटनामा सेनाका पिउठको मृत्यु



सुलीकोट, भदौ ३० । टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई गाउँपालिका – २ देउमाई इलामका २६ वर्षीय सुरेन राई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिवार बेलुका ५ गोरखाबाट लक्ष्मी बजार जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपरले गोरखा नगरपालिका – ९ लक्ष्मी बजारबाट ठिङगुरे स्वाँराको रिपु मर्दन गण तर्फ आउँदै गरेको बा ७० प २८७१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका पिउठ राई गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा पु¥याइएकोमा उपचारको क्रममा बेलुका ७ बजे चिकित्सकले मृतक घोषण गरेको उनले बताए।

मोटरसाइकल चालक २५ वर्षीय जनम राई भने घाइते अवस्थामा रहेका छन् । दुवै जना रिपु मर्दन गणमा कार्यरत पिउठ रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्