Logo

यो संविधान कतिबेला च्यात्ने भन्दाबाहेक केपी ओलीको दिमागमा अरु केही छैन् : प्रचण्ड



काठमाडौं, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको दिमागमा वर्तमान संविधान कतिबेला च्यात्ने भन्ने कुरामात्रै रहेको आरोप लगाएका छन् । पार्टीको कार्यक्रममा झापामा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘खासगरी एमाले र यसको नेतृत्व गुट, नेपाली कांग्रेसभन्दापनि एमाले नेतृत्व गुट अझ एमालेको प्रमुख नेता नै यो संविधान कतिबेला च्यात्ने होला भन्नेबाहेक उहाँको दिमागमा अरु केही छैन् । मैले उहाँसँग मिलेर वामपन्थीहरु एक ठाउँमा ल्याउन सकिन्छ कि भनेर धेरै जोडबल गरें । धेरै जोखिमहरु उठाएँ, तर खतरा मोलें । तर, जति धोएपनि गधालाई गाई बनाउन सकिन्थेन् । मूर्ख त मै भएँ । गधालाई धोएको छ, धोएको छ । एकपटक धोएर नहुने रहेछ भनेपनि अर्कोपटक त नधोएको भएपनि हुन्थ्यो नि । तर, अब इनफ इज इनफ । अब चाहीँ भ्रममा पर्न आवश्यक छैन् ।’ file photo



प्रतिक्रिया दिनुहोस्