Logo

महानिरीक्षक अर्याल स्वदेश फिर्ता



काठमाडौँ, ५ कात्तिक : प्रहरी महानिरीक्षक प्रकाश अर्याल संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

संयुक्त राज्य अमेरिकाको निमन्त्रणामा उहाँ यही असोज २८ गते अमेरिका प्रस्थान गर्नुभएको थियो । भ्रमणका क्रममा महानिरीक्षक अर्यालले अमेरिकाका सुरक्षा निकायसँग आगामी दिनमा कसरी हित अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित पक्षसँग छलफल गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्