Logo

अदालतको आदेश विपरित चितवनमा सटर टेन्डर आह्वान



चितवन, २ माघ । जिल्लाको महानगरपालिका वडा नम्बर १० स्थिति श्री चितवन माविको भवनमा रहेको सटरभाडा दामासायी रुपमा वितरण गरिएको गुनासो आएको छ । राजेन्द्र महतो, कमल भण्डारी, परफुल्ला शर्मा, देवेन्द्र काफ्ले लगायतले ३८ वटा सटरमा सञ्चालन गर्दै आएको पेसा सडकमा पुगेको छ ।

औषधी पसल चलाउदै आएका राजेन्द्र महतोले रिपोर्टर्सनेपाल डटकमसँग भने, ‘हाम्रो व्यवसाय धरापमा पारिएको छ, यसका बारेमा जिल्ला अदालत चितवनमा मुद्धा बिचाराधिन अवस्थामा छ, अदालतमा मुद्धा परिसकेपछि टेन्डर खोल्न नपाउनु पर्ने हो तर यहाँ अदालतको सम्मान भएन ।’

उनले अघि थपे, ‘प्रत्येक सटरको भाडा १२ हजार हो, त्यो सटरको मूल्य २५ हजारमा टेन्डर हाल्न लगाए, नयाँ टेन्डर प्रक्रिया अघि सारेर १ लाख ८५ हजारसम्म पुर्याईएको छ, हामीलाई प्रहरी प्रशासन लगाएर हटाउने र सडकमा औषधी मिल्काईदिने धम्कि आईरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्