Logo

भागबण्डाको आधारमा प्रदेश प्रमुख तोकियो : कांग्रेस ४, मधेशवादी दल २ र राप्रपा १



काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि आज प्रदेश प्रमुख नियुक्ति गर्ने भएका छन् । भागबण्डाको आधारमा देउवाले प्रदेश प्रमुख ता्ेक्न लागेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखका साथै अस्थायी राजधानी आजै तोक्ने भएको हो ।
प्रदेश प्रमुखमा कांग्रेस, मधेसवादी दल र राप्रपाले भागवण्डा गरेका छन् । देउवा निकट उच्च स्रोतका अनुसार प्रदेश १ मा गोविन्द सुब्बा र २ मा उमाकान्त झालाई प्रदेश प्रमुख तोकिने सम्भावित भएको छ ।

त्यस्तै ३ मा अनुराधा कोइराला र ४ मा बाबुराम कुँवरलाई तोकिने भएको छ । प्रदेश नम्बर ५ मा रत्नेश्वर लाल कायस्थ, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख बनाउने तयारी छ । स्रोतका अनुसार कांग्रेसको भागमा ४, राजपा र फोरमको भागमा एक÷एक र राप्रपाको भागमा एक परेको छ ।

आज दिउँसो ३ बजे बस्ने बैठकले उनीहरुको नाम फाईनल गर्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ । त्यस्तै सरकारले अस्थायी राजधानी पनि आजै तोक्ने भएको छ ।

स्रोतका अनुसार प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढी तोकिने भएको छ। वम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग कुरा नमिलेपछि सरकारले राजपा, फोरम र राप्रपासँगको सहमतिमा आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको हो ।



प्रतिक्रिया दिनुहोस्