Logo

ओलीजीसँग मिलेर काम गर्न मोदी तयार हुनुहुन्छ : कोशियारी



‘नेपाल–भारत द्धिपक्षीय सम्बन्ध राम्रो भएको हेर्ने चाहना छ’

काठमाडौं, १३ फागुन । नेपाल–भारत प्रवुद्ध समूहका भारत तर्फका संयोजक एवम् नेपाल मामिलाका जानकार भगतसिंह कोशीयारीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान बाम गठबन्धनको सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको विश्वास दिलाएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा कोशीयारीले भने,‘काठमाडौंमा यो दुई दिने बाईका क्रममा सबैसँग भेटघाट भयो, मैले सबैसँगको भेटमा ओलीजीको नेतृत्वमा बनेको वाम गठबन्धनको सरकारको प्रशंसा गरेको छु, बास्तवमा ओलीजी प्रधानमन्त्री हुनुभएको छ, हामी यसमा निकै खुशी छौं।’

भाजपाका पूर्व उपाध्यक्ष समेत रहेका प्रभावशाली नेता कोशियारीले भने,‘ओलीजीको पालामा नेपाल–भारत सम्बन्ध राम्रो हुन्छ, अब म खुशी हुन्छु । किनकी भारतमा सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा म उठ्दिन् । मेरो चाहना भनेको द्धिपक्षीय सम्बन्ध अति नै राम्रो भएको हेर्नु हो, यसकै लागि म काम गरिरहेको छु।’

त्यस्तै उनले ईपिजीले नेपाल–भारत सम्बन्ध राम्रो बनाएको विश्वास दिलाए । उनले भने,‘ईपिजीको बैठकले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन जग बसालेको छ ।’
कोशियारीले प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार रहेको पनि सुनाए ।

कोशियारीले थपे,‘नेपालमा विकास र समृद्धिको यात्रा सुरु हुनुपर्छ, भारत नेपालको समृद्धिको यात्रामा जस्तोसुकै सहयोग गर्न तयार छ, नेपालका लागि भारतीय राजदुत महामहिम मञ्जिवसिंह पुरीजीको पनि अत्यन्तै राम्रो र सकारात्म भूमिका छ।’

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot