Logo

चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने



बेइजिङ, ६ चैत : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ ।

चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उहाँ जापान जाने विचार गर्नुभएको बताइएको छ ।

‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गर्नुभएको छ त्यसैले यसै वर्षको मध्यतिर म जापान जानेछु– प्रधानमन्त्री खछ्याङ्ले बताउनुभयो ।

त्यस समयमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयो । तर त्यस अवसरमा हुनसक्ने अरु केही सहयोग आदानप्रदान तथा सम्झौताका विषयमा भने उहाँले केही बताउनुभएन ।

मङ्गलबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– यो भ्रमण दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन सफल हुनेछ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्