Logo

भोजपुरे समाजद्वारा मुख्यमन्त्री राईको सम्मान



काठमाडौँ, १० चैत  : भोजपुरे सेवा समाज, काठमाडौँले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँको कार्यकालको सफलताका लागि शुभकामना तथा बधाई दिएको छ ।

भोजपुर जिल्लामा जन्मिनुभएका राईलाई समाजले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पा, पूर्व अध्यक्ष दयाकृष्ण न्यौपानेलगायतले सम्मान गर्नुभएको थियो ।

पर्यटन तथा कृषि क्षेत्रको विकासको सम्भावना बोकेको प्रदेश नं १ को विविधतालाई ध्यानमा राखेर मुख्यमन्त्री राईले विकास र समृद्धिको योजना अघि सार्नुपर्ने सहभागीले सुझाव दिनुभएको थियो ।

राईले शिक्षा, स्वास्थ्य र यातायातको विकासमा जोड दिनुपर्ने सहभागी भोजपुरे सेवा समाजका पदाधिकारीले बताए ।

प्रदेश नं १ पर्यटन, कृषि क्षेत्रको सम्भावनाको क्षेत्र रहेकाले यस क्षेत्रमा कार्य गर्ने र अबको पाँच वर्षमा नमूना प्रदेश बनाउने मुख्य मन्त्री राईले प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्