Logo

तीन राप्रपा एकीकरणको अर्थ छैन



प्रदिप विक्रम राणा : नेपालमा संघीयता, गणतन्त्र र धर्म निरपेक्षतासहितको संविधान निर्माण भएपछि पनि सर्वधर्म सनातन हिन्दुराष्ट नेपाल संवैधानिक राजसंस्था स्थानीय स्वायत्त शासनको अवधरणामा विश्वास राख्ने एउटा ठूलो जनशक्ति नेपाली राजनीतिको निर्णायकत्व हैसियत राख्दछ ।

तर, नेपाली जनताको अभिमत बिना नै जे–जे राजनीतिक परिवर्तन भए वा गरिए त्यसलाई नेपाली जनताले सहदृय आत्मसाथ गरेको पाईन्न । संवैधानिक राजसंस्था हिन्दुराष्ट्रको पक्षमा समर्पित छौं भनेर खुलेका राजनीतिक दलहरुले संविधान सभाको दोस्रो पटकको निर्वाचनमा राप्रपा नामक पार्टीबाट लगभग दश लाख नेपाली जनताको समानुपातिक मत पाएर पटक–पटक सत्तोरोहण समेत गरे ।

गणतन्त्रको संविधानलाई सर्वोत्कृष्ट समेत भने । तर, नेपाली जनताले यो राप्रपा नामक पार्टीलाई राजसंस्थाको हिन्तुत्वको पक्षमा र गणतन्त्रको विपक्षमा कार्य गर्न प्रदान गरेको अभिमतविरुद्ध सत्तारोहण गरेबाटै विगतको संघीय संसद लगायत तीनवटै तहको चुनावमा राप्रपा भन्ने शक्ति लगभग नेपाली जनता परिव्यक्त भएर अब आफ्नो सैद्धान्तिक धरातलमा अविचलित भएर नेपाली जनताको अभिमत हाँसिल गर्न समान विचार धाराका पार्टीहरुको एकीकरण र सिद्धान्तबाट विचलित नेतृत्वको परित्याग आजको यस पार्टी र यसका कार्यकर्ताहरुको वाञ्छनीयता हो ।

लेखक राणा हिन्दुवादी नेता हुन



प्रतिक्रिया दिनुहोस्