Logo

प्रवाशी नेपाली मन्च, क्यानडाको अध्यक्षमा थापा निर्वाचित



आका गौतम : क्यानडा । प्रवाशी नेपाली मन्च, क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएका छ्न। हिजो टोरोन्टोमा भएको सस्थाको राष्ट्रिय भेलाले महासचिबमा बिशम्भर घिमिरे र उपाध्यक्षमा रबिन्द्र घिमिरे, पशुपती पोख्रेल र कुशुम ज्ञवालीलाई निर्वाचित गरेको छ।
यसैगरि सचिबमा सुजता गुरुङ, बेदनिधी गौतम, सुबास गिरी र कोषाध्यक्षमा सान्ताराम सापकोटा निर्वाचित भएका छ्न। 51 सदस्यिय कार्यसमिती चयन गरेको गरेको छ । प्रबासी नेपाली मंच, क्यानाडाको प्रथम रास्ट्रिय अधिवेसन आईतवार क्यानाडाको टोरोण्टो शहरमा सम्पन्न भएको छ ।
करिव ३०० जनाको नेपालीहरुको उपस्थिति रहेको अधिबेशनमा टोरोन्टोमा रहेका सम्पुर्ण नेपाली समुदायका संघ सस्थाहरु झन्डै १ दर्जन भन्दा बढिको सहभागिता रहेको थियो । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भोधन गर्ने कार्यक्रम रहेको थियो तर नेपालको बदलिदो राजनीति परिवेश तथा आसन्न स्थानिय निकायको निर्वाचनका कारण उहाको अन्तिम समयमा कार्यक्रममा आउन नसक्नु भएको आयोजकले जनाएका छन ।
यद्धपि ओलीले लिखित शुभकामना मनतव्य भने पठाएका थिए । ओलीले शुभकामना शन्देशमा राजनैतिक परिर्वतन र लोकतन्त्र तर्फको यात्रामा प्रवासी नेपालीहरुको साथ सहयोग अनुपम रहेको र देस विदेश जहाँ रहेपनि गर्वका साथ नेपाली हु भन्ने भावनाको प्रशंसा गरेका छन ।
अधिवेशन सफलताको शुभकामना पत्रमा ओलीले आउदै गरेको स्थानिय तहको निर्वाचका लागि देश र्फकन समेत आह्वान गरेका छन । ओली अनुपस्थित भए पछि कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रवासी नेपालि मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष संजय थापाले पानसमा बत्ति बालेर अधिवेशनको औपचारिक उद्द्घाट्न गरेका थिए ।
अधिवेशनको बन्दशत्रले ५१ सदस्यीय नया केन्द्रीय कमिटिको निर्बिरोध चयन गरेको छ । रमेश कुमार थापाको अध्यक्षतामा बनेको कमिटीको उपाध्यक्षहरुमा पशुपति पोखरेल, कुसुम ज्ञावाली, रविन्द्र घिमिरे रहेका छन भने महासचिवमा विश्वम्भर घिमिरे सचिवमा वेदनिधी गौतम, सुवास गिरी, सुजता गुरुङ चयन भएका छन भने कोषध्यक्षमा शान्तराम सापकोटा चयन भएका छन ।
प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको विश्व भरी फैलिएको संगठा हो । यसलाई एमालेले आफ्नो जिल्ला कमिटी सो सरहको मान्यता दिएको नव निर्वाचित कमिटीका महासचिवमा विश्वम्भर घिमिरले जानकारी दिएका छन । कमिटीको कार्यकाल ४ बर्षको हुने छ



प्रतिक्रिया दिनुहोस्