Logo

विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथामा(भिडियोसहित)



सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर यो अभियानलाई विशेष सहयोग गर्नुपर्छ : धमला
काठमाडौं, ५ बैशाख। विश्व शान्ति र मित्रताका लागि सात जनाको नेपाली टोलीले सगरमाथा आरोहण गर्ने भएको छ ।

विश्व शान्ति मितेरी मञ्चको आयोजनामा मंगलबार आयोजित झन्डा हस्तान्तरण कार्यक्रममा फुर्वा्थिन्ले शेर्पाको नेतृत्वमा सगरमाथा जान लागेको जानकारी दिइएको हो ।

आरोहण टोलीलाई नेपाल तथा संयुक्त राष्ट्र सङ्घसँग आबद्ध देशको झन्डा हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाललाई चिनाउने सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीलेसगरमाथामा विभिन्न देशको झन्डा पु¥याउने अभियान सबैको साझा हो भन्दै यसका लागि बोर्डले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आरोहण दलका संयोजक शेर्पाले विश्वमा भएको अशान्ति र कलह न्यूनीकरण होस् भन्ने उद्देश्यले आफूहरु सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो ।

पत्रकार ऋषि धमलाले सो अभियानलाई सरकारले मन्त्रिपरिषदले विशेष निर्णय गरेरपनि भएपनि अािर्थक सहयोग गर्नुपर्ने माँग गरे । उनले भने,‘नेपाललाई चिनाउने सगरमाथ भएझै शेर्पाहरुले नेपाललाई विश्व मञ्चमा चिनाएका छन्, उनीहरु भनेको भ¥याङ् हुन, सहयोगी हुन्,।’

कार्यक्रममा सँगै रहेका मन्त्रीलाई ईंगित गर्दै धमलाले यथाशिघ्र सहयोग गर्न आग्रह गरे । उनले सरकारलेमात्रै नभएर सबैले सहयोग गर्नुपर्ने बताए ।

आरोहण दलमा संयोजक शेर्पासँगै आङ्गेली शेर्पा, फुर्वा्निमा शेर्पा, निमालाक्पा शेर्पा, निमादोर्जे शेर्पा, पासाङनोर्बु शेर्पा र छिरिङ शेर्पा रहनुहुनेछ । टोली यही हप्ता सगरमाथा आरोहणका लागि जाँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot