Logo

पूर्वी टर्कीमा दुर्घटनाग्रस्त प्रहरी हेलिकोप्टरमा सवार सवैको मृत्यु



अङ्कारा (टर्की), ५ वैशाख । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको बताइएको छ । विमानमा एक न्यायधिस सहित प्राय सवै प्रहरी अधिकारी सवार थिए ।

एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मङ¬्गलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद भएको स्थानीय गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विमान दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन् । रासस÷सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot