![](https://reportersnepal.com/wp-content/uploads/2017/05/rajesh-hamal-and-rastra-kabi-1-900x600.jpg)
काठमाडौं , २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरुलाई राष्ट्रकवि माधव घिमिरे र नेपाली चलचित्रका नायक राजेश हमालले साथ दिएका छन् ।
यही बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनको लागि प्रमुख दलहरुले चुनावी घरदैलोलाई तिव्रता दिईरहेका छन् । महानगरको वडा २६ का उम्मेदवार देवेन्द्र रिमालको घरदैलो कार्यक्रममा शनिबार बिहान नायक राजेश हमालको सहभागीता रहेको थियो ।