Logo

प्रधानमन्त्री र राजपा नेपालका नेताहरुबीच छलफल सम्पन्न



काठमाडौं, जेठ १। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच छलफल सम्पन्न भएको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो । बैठकमा व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई दुई तिहाई मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको थियो ।

साथै बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्णढंगले सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्नुभएको थियो ।

बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद शिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव संलग्न हुनुहुन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्