Logo

चारवटै महानगरपालिकामा एमालेको अग्रता कायम



काठमाडौं, १ जेठ। मतगणना सुरु भएका चारै महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। पहिलो चरणको निर्वाचनमा परेका चार महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र पोखरामा सुरुदेखि नै एमाले अग्रस्थानमा थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठवन्धनका बाबजुद भरतपुरमा पनि एमालेले अग्रता लिएको हो।

पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा २ सय मत गणना गर्दा एमालेका देवी ज्ञवालीले १ सय ३ मत प्राप्त गरेका छन् भने कांग्रेस र माओवादी केन्द्रको संयुक्त्त गठवन्धनवाट उमेद्वारी दिएकी रेणु दाहालले ६८ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका वद्री तिमिल्सीनाले ७ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी पार्वती शाहले ७८ मत,एमालेकी दिव्यशर्मा आचार्यले ८६ र राप्रपाकी रिना गुरुङले ६ मत प्राप्त गरेकी छन् । वडा नम्वर १ वाट मतगणना सुरु गरिएको हो ।

ललितपुरको पछिल्लो नतिजा कांग्रेस- १७४५ एमाले- १८४२ माओवादी-७३३

 



प्रतिक्रिया दिनुहोस्