Logo

पार्वतीकुण्डको मतगणना कार्य स्थगन



रसुवा, २ जेठ । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ ।

उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा समेतका दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना कार्य सोमबार साँझ स्थगन गरिएको हो ।

पार्वतीकुण्ड गाउँपालिका–१ र २ को मतगणनाबाट नयाँ शक्ति नेपालले भारी मत ल्याएका कारण अन्य दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएको बताइएको छ ।

सोमबार साँझ ८ बजेदेखि बन्द भएको गणना कार्य वार्ताद्वारा गणना कार्यलाई निरन्तरता दिन प्रयास भइरहेको अधिकृत रेग्मीले बताउनुभयो र खसेको कुल २,९९९ मतमध्ये २,०५७ गणना गर्न बाँकी रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot