Logo

सल्यानमा काँग्रेस, एमाले बराबरी, गोला प्रथाबाट काँग्रेस विजयी



सत्यान, २ जेठ । सल्यान ढोरचौर गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेस र एमालेका उम्मेदवारले बराबर मत पाएका छन् । बराबर मत भएपछि गोलाप्रथाबाट चयन गर्ने निर्णण गरिएको थियो ।

नेपाली कांग्रेसका दिनेश वि.एम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेका थिए । गोला प्रथाबाट भने कांग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्