Logo

निर्वाचन आयोगले भन्यो, : मतगणनामा बढी समय लाग्नु स्वभाविक



काठमाडौँ, २ जेठ । एउटै मतपत्रमा सात जना पदाधिकारीको मत हुने भएको भन्दै निर्वाचन आयोगले मतगणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै परिणाम घोषणा छिटो गराउन आयोगले आवश्यक व्यवस्था मिलाएको समेत बताएको छ ।मतगणनालाई छिटो बनाउन मतगणना टोली गठन गरी कार्यसम्पादन भइरहेको आयोगको भनाई छ ।

त्यस्तै, कतिपय स्थानमा राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुले स–साना र आधारहिन विषयमा समेत समस्या खडा गरेको भन्दै आयोगले त्यस्तो नगर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot