Logo

काठमाडौं महानगरपालिकाको मतगणना ११ ठाउँबाट गर्ने



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि निर्वाचन आयोगले ११ ठाँउबाट गणना गर्ने तायारी गरेको छ।

अहिले ५ स्थानमा २, ३, ३१, ३० र ३२ वडाको मत गणना भएकोमा थप ६ स्थानमा गणना गर्ने तयारी गरिएको निर्वाच कार्यलयले जनाएको छ।

११ स्थानबाट मत गणना गर्नको लागि महानगरपालिकाले ७० जना कर्मचारी र निर्वाचन आयोगले १७ जना कर्मचारी थप्ने तयारी गरेको छ।काठमाडौं महानगरपालिकाको मतगणना काठमाडौंको सभागृहमा भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्