Logo

केपी ओलीको वडामा कांग्रेस विजयी



काठमाडौं ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । ओलीको बसोबास रहेको भक्तपुरको बालकोट क्षेत्रमा एमालले जित्ने अनुमानविपरित कांग्रेसका उम्मेदवार कमलनाथ आचार्य वडाध्यक्ष निर्वाचित भएका हुन् ।

यसैगरी त्यही वडामा महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार, खुला सदस्यमा सुवासकुमार कार्की विजयी भएका छन् ।

यस वडामा एमालेका तर्फबाट खुला सदस्यमा विश्वराज विष्ट पनि विजयी भएका बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्