Logo

चुनावी परिणामलाई लिएर पौडेल पड्किएपछि देउवा बैठक छोडेर निस्किए



काठमाडौं, ४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला प्रमुख दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभन्दा कमजोर बनेको भन्दै काँग्रेस शीर्ष नेताहरुले समिक्षा गरेका छन् ।

बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा निर्वाचनको परिणामलाई लिएर शीर्ष नेताहरुवीच भनाभन समेत भएको छ । स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध निकै आक्रमक रुपमा बरिष्ठ नेता रामचन्द्र पौडेल प्रस्तुत भएका थिए ।

निर्वाचनको परिणामका विषयमा पार्टी सभापति देउवाले गम्भिर रुपमा सोच्नुपर्ने तर्क बरिष्ठ नेता पौडेलले गरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार बरिष्ठ नेता पौडेलले कांग्रेसले आफ्नो गढमा चुनाव हारेको भन्दै यसको पछाडिको कारण नै पार्टी नेतृत्व रहेको दोष लगाए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘आज तपाईले हेर्नुभयो भने कांग्रेसले आफ्नो गढमा चुनाव हारेको छ, यसको प्रमुख कारण भनेको नै सबैलाई मिलाएर लैजान नसक्नु हो, पार्टीभित्र मनपरीतन्त्र हावी भयो, यसमा अब तपाईले सोच्नुपर्छ।’

चुनावी परिणामलाई लिएर पार्टी सभापतिविरुद्ध एकाएक नेता पौडेल पड्किएपछि देउवा बैठक छोडेर निस्किएका थिए ।

त्यस्तै आजको बैठकमा प्रधानमनत्री प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनेबित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्नेबारेमा पनि छलफल थालेको एक नेताले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot